You are viewing the translated version of रकम जम्मा गर्न लगाउने.

Rule 17A
रकम जम्मा गर्न लगाउने
ऐनको दफा दक. को उपदफा लगाउँदा नियमित पारिश्रमिक वा निवृत्तिभरण पाइरहेको वा स्वरोजगार, व्यापार, व्यवसाय वा अन्य कुनै स्रोतबाट आयआर्जन गरिरहेको सन्तान वा नजिकको हकवालाबाट निजको आम्दानीको कम्तीमा दस प्रतिशत रकम मासिक रुपमा जम्मा गर्न लगाउनु पर्नेछ।

तर,-

(१) नेपाल सरकारले प्रचलित कानून. बमोजिम श्रमिकका लागि निर्धारण _ गरेको न्यूनतम्‌ मासिक पारिश्रमिक भन्दा कम आम्दानी भएको व्यक्तिले यस नियम बमोजिमको रकम जम्मा गर्नु पर्ने छैन।

(२) ऐनको दफा दक. को उपदफा (५) बमोजिमको आयआर्जनबाट खान, लाउन, आधारभूत औषधि उपचार गर्न तथा अन्य आधारभूत आवश्यकता पूरा गर्न पुग्ने वार्षिक आम्दानी भएका ज्येष्ठ नागरिक बाबु आमाको लागि:रकम जम्मा गर्नु पर्ने छैन।